कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | मंसिर ४, २०८०
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनलसम्म भारत अपराजित रह्यो । फाइनलअघिका सबै १० खेल जितेको भारत उपाधि चुम्नबाट भने चुक्यो । भारत घरेलु मैदानमै अस्ट्रेलियासँग ६ विकेटले स्तब्ध बन्यो ।
तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना चकनाचुर भयो । गएराति अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैटौंपटक विश्वकपको ट्रफी उचाल्यो ।
७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको अस्ट्रेलिया ट्रविस हेड र मानस लाबुशेनको शानदार साझेदारीको बलमा विजयी भएको हो । १४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
प्रतियोगिताभर अस्ट्रेलियाभन्दा अब्बल देखिएको भारत फाइनलमा निरीह बन्न पुग्यो । खेलमा केही यस्ता टर्निङ पोइन्ट आए, जसले भारत च्याप्पियन बन्नबाट चुक्यो ।
विश्वकप फाइनलमा भारतले पहिलो लडाइँ टसमै हारेको थियो । खेलअघि धेरैले अनुमान गरेका थिए, टस जित्ने टीमले पहिला ब्याटिङ गर्नेछ । तर, अपेक्षाविपरीत अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले फिल्डिङको निर्णय लिए । अन्तत: उनको निर्णय सही सावित भयो, जसले टीमलाई छैटौंपटक विश्वकप विजेता बनायो ।
फाइनलमा स्वाभाविक प्रेसर हुने नै भयो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत सस्तैमा (२४०) समेटियो । उसले सम्मानजक स्कोर खडा गर्न सकेन । रोहित शर्मा र शुभमन गिल आउट भएपछि भारतले निकै धिमा गतिमा रन बनायो ।
पहिलो १० ओभरमा ८० रन बनाएको भारतले बाँकी ४० ओभरमा १६० रन मात्रै बनाउन सक्यो । ११ देखि ४० ओभरको बिचमा भारतीय ब्याटरले केवल दुई चौका मात्रै हान्न सके । केएल राहुलले ६६, विराट कोहलीले ५४ र रोहित शर्माले आक्रामक ४७ रबनाए पनि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
फाइनलमा कोहली, रोहित र केएलबाहेक अरु ब्याटरले खासै रन बनाउन सकेनन् । उनीहरुले फाइनलको दबाब झेल्न सकेनन् । ओपनर गिल र रोहित आउट भएपछि चौथो नम्बरमा आएका श्रेयस यय्यर मात्रै ४ रन बनाएर पवेलियन फर्किए । त्यसपछि आएका सूर्यकुमार र रवीन्द्र जडेजाले पनि भारतीय पारीलाई सम्हाल्न सकेनन् ।
गएराति सम्पन्न विश्वकपमा भारतीय बलर चम्केका थिए । तर, फाइनलमा उनीहरूले कुनै जादु देखाउन सकेनन् । फाइनलमा उनीहरू फ्लप साबित भए । शुरूआत उत्कृष्ट भए पनि त्यसपछि उनीहरूले खेलमा कुनै दबाब बनाउन सकेनन् । स्पीनर्स पनि चलेनन् । बलिङसँगै भारतीय टिमको फिल्डिङ पनि फिचलो देखियो ।
भारतलाई खेल जित्न अष्ट्रेलियालाई अल आउट गर्नु पर्ने हुन्थ्यो । भारतले सुरुवातमै वार्नर ७, मिचेल मार्श १५ र स्टिभ स्मिथलाई ४ रनमा आउट गरेपछि ७ ओभरमा ४७-३ को अवस्थामा पुर्याएको थियो । यो अवस्थामा थप दुई विकेट लिएको भए भारत जित्न सक्थ्यो । तर लाबुसेन र हेडले १ सय ९२ रनको सानदार शतकीय साझेदारी गरे । स्कोर बोर्डमा धेरै रन नहुँदा एउटा सानो साझेदारी भारतलाई भारी पर्ने पक्का थियो । यी दुईको साझेदारी भारतले तोड्न सकेन ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...