२७ असार २०८३, शनिबार

विश्वकप फाइनल: भारत उपाधि चुम्नबाट चुक्नुका पाँच कारण

मंसिर ४, २०८०
काठमाडौं
विश्वकप फाइनल: भारत उपाधि चुम्नबाट चुक्नुका पाँच कारण

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनलसम्म भारत अपराजित रह्यो । फाइनलअघिका सबै १० खेल जितेको भारत उपाधि चुम्नबाट भने चुक्यो । भारत घरेलु मैदानमै अस्ट्रेलियासँग ६ विकेटले स्तब्ध बन्यो । 

तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना चकनाचुर भयो । गएराति अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैटौंपटक विश्वकपको ट्रफी उचाल्यो ।

null

७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको अस्ट्रेलिया ट्रविस हेड र मानस लाबुशेनको शानदार साझेदारीको बलमा विजयी भएको हो । १४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतियोगिताभर अस्ट्रेलियाभन्दा अब्बल देखिएको भारत फाइनलमा निरीह बन्न पुग्यो । खेलमा केही यस्ता टर्निङ पोइन्ट आए, जसले भारत च्याप्पियन बन्नबाट चुक्यो ।

null

विश्वकप फाइनलमा भारतले पहिलो लडाइँ टसमै हारेको थियो । खेलअघि धेरैले अनुमान गरेका थिए, टस जित्ने टीमले पहिला ब्याटिङ गर्नेछ । तर, अपेक्षाविपरीत अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले फिल्डिङको निर्णय लिए । अन्तत: उनको निर्णय सही सावित भयो, जसले टीमलाई छैटौंपटक विश्वकप विजेता बनायो ।  

फाइनलमा स्वाभाविक प्रेसर हुने नै भयो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत सस्तैमा (२४०) समेटियो । उसले सम्मानजक स्कोर खडा गर्न सकेन । रोहित शर्मा र शुभमन गिल आउट भएपछि भारतले निकै धिमा गतिमा रन बनायो ।
पहिलो १० ओभरमा ८० रन बनाएको भारतले बाँकी ४० ओभरमा १६० रन मात्रै बनाउन सक्यो । ११ देखि ४० ओभरको बिचमा भारतीय ब्याटरले केवल दुई चौका  मात्रै हान्न सके । केएल राहुलले ६६, विराट कोहलीले ५४ र रोहित शर्माले आक्रामक ४७ रबनाए पनि अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । 

null

फाइनलमा कोहली, रोहित र केएलबाहेक अरु ब्याटरले खासै रन बनाउन सकेनन् । उनीहरुले फाइनलको दबाब झेल्न सकेनन् । ओपनर गिल र रोहित आउट भएपछि चौथो नम्बरमा आएका श्रेयस यय्यर मात्रै ४ रन बनाएर पवेलियन फर्किए । त्यसपछि आएका सूर्यकुमार र रवीन्द्र जडेजाले पनि भारतीय पारीलाई सम्हाल्न सकेनन् । 

गएराति सम्पन्न विश्वकपमा भारतीय बलर चम्केका थिए । तर, फाइनलमा उनीहरूले कुनै जादु देखाउन सकेनन् । फाइनलमा उनीहरू फ्लप साबित भए । शुरूआत उत्कृष्ट भए पनि त्यसपछि उनीहरूले खेलमा कुनै दबाब बनाउन सकेनन् । स्पीनर्स पनि चलेनन् । बलिङसँगै भारतीय टिमको फिल्डिङ पनि फिचलो देखियो । 

null

भारतलाई खेल जित्न अष्ट्रेलियालाई अल आउट गर्नु पर्ने हुन्थ्यो । भारतले सुरुवातमै वार्नर ७, मिचेल मार्श १५ र स्टिभ स्मिथलाई ४ रनमा आउट गरेपछि ७ ओभरमा ४७-३ को अवस्थामा पुर्‍याएको थियो । यो अवस्थामा थप दुई विकेट लिएको भए भारत जित्न सक्थ्यो । तर लाबुसेन र हेडले १ सय ९२ रनको सानदार शतकीय साझेदारी गरे । स्कोर बोर्डमा धेरै रन नहुँदा एउटा सानो साझेदारी भारतलाई भारी पर्ने पक्का थियो । यी दुईको साझेदारी भारतले तोड्न सकेन ।

salt training

कमेन्ट गर्नुहोस्