०४ असार २०८३, बिहीबार

नेपाल जेसिजको ५० औं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

मंसिर ४, २०८०
बुटवल
नेपाल जेसिजको ५० औं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने

नेपाल जेसिजको ५० औं राष्ट्रिय महाधिवेशन यही मंसिर अन्तिम साता बुटवलमा हुने भएको छ ।

बुटवल जेसिजले आफ्नो स्वर्ण जयन्तीको अवसरमा मंसिर २९ देखि पुस २ गतेसम्म जेसिजको ५० औं महाधिवेशन आयोजना गर्ने भएको हो ।

बुटवल जेसिजले सोमवार पत्रकार सम्मेलनमार्फत् महाधिवेशनमा देशभरबाट २ हजार ५०० प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ ।​

रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशनको तयारी तीव्र पारिएको जेसिजले जनाएको छ ।

नेपाल जेसीजका पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले महाधिवेशन सम्पन्न गर्नका लागि करिब २ करोड ६५ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए ।​

पोखरेलले बुटवल जेसीजको ५० औँ वर्षको अवसरमा राष्ट्रिय जेसिजको महाधिवेशन गर्न पाउनु बुटवलका लागि धेरै नै गर्वको कुरा भएको बताए ।

बुटवल जेसीजले यस भन्दा पहिला दुई वटा राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको र यस पटकको महाधिवेशन पनि भव्यताका रुपमा नै सम्पन्न हुने महाधिवेशन निर्देशक पोखरेलले बताए ।

नेपाल जेसिजका पूर्वअध्यक्ष अनुपमान शैजुले यस महाधिवेशनले बुटवलको आर्थिक गतिविधिलाई चलायमान गराउनका लागि धेरै टेवा पुर्‍याउने बताए । बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुँवरले पनि बुटवल जेसिजको स्वर्णजयन्तीको अवसरमा ५० औं राष्ट्रिय महाधिवेशन गर्न पाउनु ठूलो अवसर भएको बताउँदै यसले बुटवलको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुर्‍याउने बताए ।

महाधिवेशनले वर्षभरिका गतिविधिहरूको रिपोर्टिङ तथा कार्ययोजना निर्माणसँगै नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन सचिव सिनेटर मनोज भट्टराईले बताए ।

साथै महाधिवेशनको अवसरमा बुटवलको मुख्य भाग परिसरमा शान्ति पदयात्रा प्रभातफेरी गरिनेछ ।

महाधिवेशनलाई सफल बनाउन सन् २००७ पछिका १५ जना पूर्व अध्यक्षहरू गठित समितिको संयोजक १२ जना पदाधिकारी सह संयोजक र ८० जना सदस्यहरू विभिन्न उपसमितिमा, वर्ष २००७ भन्दा अघिका १२ जना पूर्वअध्यक्षहरूको सल्लाहकार समिति र ३ सदस्यीय विशेष प्रमुख सल्लाहकार गठन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्