३० असार २०८३, मंगलबार

एक क्विन्टल चाँदीसहित पक्राउ परेका भारतीय नागरिक ६० लाख ५० हजार धरौटीमा छुटे

मंसिर ४, २०८०
विराटनगर
एक क्विन्टल चाँदीसहित पक्राउ परेका भारतीय नागरिक ६० लाख ५० हजार धरौटीमा छुटे

​​भारतबाट तस्करीमार्फत सुनचाँदीको गरगहना ल्याएर बिक्री गर्ने विराटनगरका सुनचाँदी व्यवसायी ६० लाख धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।

भरियामार्फत सुनचाँदीको गरगहना नेपाल ल्याएर बिक्री गरेको आरोपमा  उनलाई विराटनगर भन्सार कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जाना ६० लाख ५० हजार ७५० रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।

गत कात्तिक २१ गते जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्सबाट सरकारी टोलीले अवैध एक क्विन्टल चाँदीका गरगहना र १३ तोला सुन बरामद गरेको थियो ।​

उनीविरुद्ध सुनचाँदीको अवैध कारोबार गरेको अभियोगमा मुद्दा चलाइएको थियो । उनीविरुद्धको मुद्दाको फैसला भने हुन बाँकी छ ।​

जानाले भारतबाट भन्सार छलेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगरसहित पूर्वका विभिन्न सुनचाँदी पसलमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको चाँदी र सुनको परिमाण यकिन गर्न राष्ट्र बैंकको टक्सारा विभागमा पठाइएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

रसायनसहित तौल लिँदा चाँदीका सामग्री एवं गहना ९९.९४६ किलोग्राम तथा सुनका गहना १५३.८ ग्राम रहेको पुष्टि भएको थियो ।

काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला भन्सार कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्