
फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
युएईविरुद्ध पहिलो खेल चोटका कारण पहिलो खेल गुमाएका डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् ।
यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् ।
नेपाली फुटबल टोली
गोलकिपर– किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
रक्षक–सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डर–उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे
फरवार्ड– अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार, दिनेश हेन्जन
