३० असार २०८३, मंगलबार

पटके अभियुक्ततिर शंका !

मंसिर ६, २०८०
काठमाडौं
पटके अभियुक्ततिर शंका !

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान  विभिन्न  पक्षबाट  भइरहेको  छ  ।  पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ ।

चितवन  राष्ट्रिय  निकुञ्जको  तथ्याङ्क  अनुसार २०५८ यता गैँडा मारेको अभियोग लागेका ८८ जना त फरार नै छन् । २०६० यता १३३ जनाले कैद भुक्तान गरेका छन् । तर यसरी फरार रहेका वा जेल भुक्तान गरेका कति जना पुनः यो पेसामा फर्किए भन्ने तथ्याङ्क निकुञ्जसँग छैन ।तथापि  गैँडा  मारेको  पटके  अपराधमा  जेलमा परेका व्यक्ति अहिले पनि छन् । गोरखापत्रमा विस्तृतमा खबर छ।  

salt training

कमेन्ट गर्नुहोस्