२७ असार २०८३, शनिबार
अराजक गतिविधि रोक्न प्रहरीको सक्रियता

उपत्यकाको सुरक्षा व्यवस्था कडा, काठमाडौं प्रवेश गर्ने नाकामा विशेष जाँच

मंसिर ६, २०८०
काठमाडौं
उपत्यकाको सुरक्षा व्यवस्था कडा, काठमाडौं प्रवेश गर्ने नाकामा विशेष जाँच
फाइल तस्वीर

सुरक्षा निकायले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेका छन् । बिहीबार एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको हो । 

काठमाडौं भित्रिने मुख्य नाकामा प्रहरीले जाँचमा कडाइ गरेको छ । प्रहरीले उपत्यका प्रवेश गर्ने नाकामा विशेष जाँच गर्न थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार गाडीमा चेकजाँचसहित आवश्यक शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरिएको छ । मुख्य नाका थानकोटमा गाडी रोकेर जाँच गर्न थालिएको उनले बताए ।

काठमाडौंका अन्य नाकामा पनि कडाइ गरिएको छ । 

दुई समूहको प्रदर्शनलक्षित गरी काठमाडौं र लिलितपुरका विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 

दुई पक्षबीच मुठभेड र झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी माइतीघर मण्डलादेखि बानेश्वर, प्रधानमन्त्री र राष्ट्रपति निवास वरपरलगायत पुल्चोक क्षेत्रमा जुलुस, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेध आदेश जारी गरिएको छ । 

बिहिबार नेकपा एमाले निकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहले काठमाडौंको तीनकुने र बल्खुमा प्रदर्शन गर्दै छ ।

salt training

कमेन्ट गर्नुहोस्