
‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ‘डिशहोम मेगास्टार’ आगामी हप्ता घोषणा हुने भएको छ ।
लक्की ड्र मार्फत यही मंसिर ११ गते सोमवार डिशहोम मेगास्टारको छनोट हुने डिशहोमले जनाएको छ । गत असोज १ गतेबाट मंसिर ११ गते दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।
यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनेर नगद दश लाख रुपैयाँ, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउनेछन् ।
यस अघि ‘हरेक हप्ता सुपरस्टार’ बनेर ९ जनाले नगद एक लाख रुपैयाँ जितिसकेका छन् ।
यस योजना अन्तर्गत मेगास्टार बनेर नगद दश लाख रुपैयाँ जित्ने मौका आएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यही मंसिर ११ गतेसम्म डीटीएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरेर यो योजनामा सहभागी हुने अन्तिम मौका रहेको छ ।
डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण इमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टीभी, सरोकार टीभी र डिशहोमको आधिकारिक फेसबूक पेजमा साँझ ५ बजे गरिने डिशहोमले जनाएको छ ।