२७ असार २०८३, शनिबार

नेसपाको बैठक शुरू, माओवादीसँगको एकता एउटा एजेन्डा

मंसिर ६, २०८०
काठमाडौं
नेसपाको बैठक शुरू, माओवादीसँगको एकता एउटा एजेन्डा

नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समितिको बैठक काठमाडौंमा शुरू भएको छ । केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधवार दिउँसो केन्द्रीय कार्यालय, तीनकुनेमा शुरू भएको हो ।

बैठकको एउटा एजेन्डा नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्नेबारे रहेको नेसपाले जनाएको छ । 

नेसपाले मंगलवार माओवादी केन्द्रसँग पार्टी एकता गर्न तयार रहेको जनाएको थियो ।

जसअनुसार अध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको थियो ।

एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महाचिव यादव र उपाध्यक्ष दुर्गा सोव रहेका छन् ।

केन्द्रीय समितिको बैठक बिहीवारसम्म चल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्