११ साउन २०८३, सोमबार

मंसिर ७ गते (भोलि) अत्यावश्यकबाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीको अपिल

मंसिर ६, २०८०
काठमाडौं
मंसिर ७ गते (भोलि) अत्यावश्यकबाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीको अपिल
फाइल फोटो

मंसिर ७ गते बिहीवार काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीले अपिल गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बुधवार एक सूचना जारी गर्दै यस्तो अपिल गरेको हो ।

'काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यही मंसिर ७ गते विभिन्न समूहद्वारा र्‍याली, जुलुसका साथै विरोध प्रदर्शन गर्ने भन्ने बुझिन आएकाले काठमाडौं उपत्यकाभरी सवारी आवागमनमा असहजता हुन सक्ने हुँदा अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्किनुहुन (अनुरोध छ),' सूचनामा भनिएको छ ।

प्रहरीले सवारी लिएर निस्किनु पूर्व १०० वा १०३ नम्बरमा फोन गर्न र ट्राफिक एफएम ९५.५ निरन्तर सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।

सडकहरू जुनसुकै ठाउँमा डाइभर्सन हुनसक्ने भएकाले त्यस्तो निर्णय कार्यान्वयनमा आवश्यक सहयोग गरिदिन पनि ट्राफिक प्रहरीको अपिल छ ।

salt training

कमेन्ट गर्नुहोस्