०२ साउन २०८३, शनिबार

भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न ट्रेड युनियन कांग्रेसको आग्रह

मंसिर ६, २०८०
काठमाडौं
भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न ट्रेड युनियन कांग्रेसको आग्रह
फाइल फोटो

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले भूकम्प पीडितलाई एक रुपैयाँ सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

युनियनका कार्यवाहक महासचिव बलदेव तामाङले एक विज्ञप्ति जारी गर्दै गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितलाई युनियनले स्थापना गरेको भूकम्प पीडित सहयोग कोषमा एक रुपैयाँ सहयोग गर्न आग्रह गरेका हुन् ।

कार्यवाहक महासचिव तामाङले युनियनले स्थापना गरेको राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखाको १४२०१००००४५४७००१ नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसका अनुसार हाल देशभर झण्डै पाँच लाख श्रमिक युनियनमा आबद्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्