२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्रीको चेतावनीः गणतन्त्र उल्टाउने ‘दुष्प्रयास’ गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनु पर्नेछ

मंसिर ६, २०८०
काठमाडौं
प्रधानमन्त्रीको चेतावनीः गणतन्त्र उल्टाउने ‘दुष्प्रयास’ गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनु पर्नेछ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना नदेख्न राजसंस्था पक्षधरहरूलाई चेतावनी दिएका छन् । 

मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संवत्समेत उल्लेख गर्ने निर्णयको स्वागतमा आफूलाई सम्मान गर्ने कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने ठोकुवासमेत गरे ।

‘संसारकै नियम हो– पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन् । अहिले पनि त्यही कोसिस हुँदैछ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ । यस्तो दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनु पर्नेछ ।’

अर्को प्रशंगमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् नेपालको मौलिक संवत् भएको बताए ।

‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ । तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनु पर्दछ ।’

कार्यक्रममा राजनीतिक दल र नागरिक समाजका अगुवाहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका थिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीवार काठमाडौंमा गणतन्त्रविरुद्ध प्रदर्शन गर्दैछन् । प्रधाननमन्त्रीलगायत राजनीतिक दल र नागरिक समाजका अगुवाको चेतावनी यसैप्रति लक्षित देखिन्छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्