
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर १० घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराई रहेका छन् ।
उनले सामाजिक सञ्जालमा नक्कली आईडी बनाएर तस्वीरको दुरुपयोग गरी पीडित नाबालिकाका आफन्त तथा साथीहरूलाई अश्लील कमेन्ट गरेर चरित्र हत्या गरेको प्रहरीको दाबी छ ।
उनलाई विद्युतीय कारोबार अन्तर्गतको कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।