२५ जेठ २०८३, सोमबार
काठमाडौंमा दुई छुट्टाछुट्टै प्रदर्शन

प्रसाईंको कार्यक्रमस्थल बल्खुमा तालिमप्राप्त कुकुरसहित २०० भन्दा धेरै प्रहरी परिचालन [तस्वीरहरू]

मंसिर ७, २०८०
काठमाडौं
प्रसाईंको कार्यक्रमस्थल बल्खुमा तालिमप्राप्त कुकुरसहित २०० भन्दा धेरै प्रहरी परिचालन [तस्वीरहरू]

दुर्गा प्रसाईंले कार्यक्रम गर्ने स्थल बल्खुमा २०० भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । प्रहरी टोली तालिमप्राप्त कुकुरसहित सो क्षेत्रमा तैनाथ छन् ।

काठमाडौं उपत्यकामा आज दुई छुट्टाछुट्टै प्रदर्शन हुने भए पनि बिहानको जनजीवन भने सामान्य छ । सदाझै आज पनि बिहानैदेखि सवारी साधन सडकमा गुडिरहेका छन् । तर कतिपय ठाउँका विद्यालय बन्द छन् ।

null

मेडिकल व्यवसायी प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले आज छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका हुन् ।

कुनै बेला नेकपा (माओवादी केन्द्र)मा आबद्ध प्रसाईं सो पार्टी छोडेर एमालेमा लागेका थिए । राजतन्त्रको वकालत गर्दै उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान शुरू गर्न थाले । यसपछि एमालेको कारबाहीमा परे । उनै प्रसाईं अहिले विभिन्न बेथिति र गणतन्त्रको विरुद्धमा राजधानीकेन्द्रित प्रदर्शनमा छन् । सोही क्रममा आज बल्खुमा कार्यक्रम गर्दैछन् । प्रसाईंको र्याली आज बिहान १०ः३० बजे शुरू हुनेछ ।

null

प्रसाईंले प्रदर्शन गर्ने भएपछि एमालेको भ्रातृ संगठन युवा संघले पनि प्रतिकारस्वरुप आजै कार्यक्रम राखेको छ । यसको ‘ब्याकअप’ पूर्वमन्त्रीसमेत रहेका बस्नेतले गरिरहेका छन् । गणतन्त्र र व्यवस्थामाथि प्रहार भएको भन्दै प्रदर्शन गर्न लागिएको उनीहरूले तर्क । 

सम्भावित झडपलाई लिएर सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि प्रसाईं र बस्नेतको समूहलाई प्रदर्शनका लाछि छुट्टाछुट्छै ठाउँ दिएको छ । प्रसाईंका लागि बल्खु र बस्नेतका लागि तीनकुने छुट्याइएको हो ।

यसैबीच, आज काठमाडौंमा आयोजना हुने प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले बुधवार काठमाडौंमा मसाल जुलुस निकालेको थियो ।

null

बुधवार साँझ काठमाडौंको भृकुटीमण्डपबाट मसाल जुलुस निकालिएको हो ।

प्रहरी अधिकारीहरूले गरेको सुक्ष्म विश्लेषणमा प्रसाईंको कार्यक्रममा सात हजारको हाराहारीमा र बस्नेतको कार्यक्रममा तीन हजार ५०० को हाराहारीमा मानिस उपस्थित हुनसक्ने आकलन गरेका छन् ।

उपत्यकामा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना जनशक्ति परिचालन गरेका छन् ।

null 

प्रहरीले चार हजारभन्दा माथि र सशस्त्र एक हजार ५०० भन्दामाथि प्रहरी परिचालन गरेका छन् । प्रहरीले उपत्यकामा करिब साढे दुई हजार प्रहरी प्रदर्शनस्थलमा खटाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बुधवार एक सूचना जारी गर्दै यस्तो अपिल अत्यावश्यकबाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीले अपिल गरेको छ ।

प्रहरीले सवारी लिएर निस्किनु पूर्व १०० वा १०३ नम्बरमा फोन गर्न र ट्राफिक एफएम ९५.५ निरन्तर सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।

थप तस्वीरः 

nullnull

null

nullnullnull

तस्वीरहरूः प्रकाश बुढाथोकी/लोकान्तर । 

   
 

salt training

कमेन्ट गर्नुहोस्