![तीनकुने पुग्न थाले प्रदर्शनकारी, समात्दै भ्यानमा राख्दै प्रहरी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/tinkune2_FA28o9kgAK.jpg)
स्थानीय स्थानीय प्रशासनले अनुमति नदिए पनि तीनकुनेमै प्रदर्शन गर्ने अडान राखेको दुर्गा प्रसाईं समूहका केही समर्थक त्यहाँ पुगेका छन् ।

तर, त्यहाँ पुग्ने प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भ्यानमा हालेर लगिएको छ । पक्राउ परेकाहरूको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।

तीनकुनेमा बोक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
अभियानका संयोजक प्रसाई भक्तपुरस्थित घरमै छन् । उनको घरमा प्रहरीले सुरक्षा तैनाथी बढाएको छ ।
प्रसाईं नेतृत्वको महाअभियानले जसरी पनि काठमाडौंको तीनकुनेमै प्रदर्शन गर्ने अडान लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएको छैन ।

बिहीबार तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो भने प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरेको थियो । तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाब उत्पन्न भएको थियो ।
