२१ जेठ २०८३, बिहीबार

भारतले विश्वकप हार्दा खुसीयाली मनाउने कश्मिर विश्वविद्यालयका सात छात्र पक्राउ

मंसिर १२, २०८०
काठमाडौं
भारतले विश्वकप हार्दा खुसीयाली मनाउने कश्मिर विश्वविद्यालयका सात छात्र पक्राउ
सांकेतिक तस्वीर: बीबीसी हिन्दीबाट

भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल हार्दा खुसीयाली मनाउने कश्मिर विश्वविद्यालयका सात छात्रलाई नियन्त्रणमा लिइएको छ । उनीहरूविरुद्ध यूईएफए अर्थात् गैरकानूनी गतिविधि (रोकथाम) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको द इन्डियन एक्सप्रेसले जनाएको छ । 

सोही विश्वविद्यालयका एक छात्रको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जाहेरीमा उनले विश्वकप क्रिकेटको फाइनलमा भारत हार्दा उनीहरूले पाकिस्तानका पक्षमा नारा लगाएको उल्लेख छ । 

उनीहरूले भारत समर्थित छात्रलाई गाली तथा धम्कीसमेत दिएका थिए ।

अघिल्लो हप्ता सम्पन्न एकदिवसीय विश्व कप क्रिकेटमा भारतलाई हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्