१९ असार २०८३, शुक्रबार

कोशी सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाको विरोध

मंसिर १२, २०८०
काठमाडौं
कोशी सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाको विरोध

कोशी प्रदेश सरकारको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा नेकपा एमाले र राप्रपाले विरोध जनाएको छ ।  मंगलबार प्रदेशसभा बैठकमा नेकपा (एमाले) र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन् ।

प्रदेशसभाको बैठकको शुरू हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै मुख्यमन्त्रीले संसदमा गरेको प्रतिबद्धता र आफूहरूसँग भएको सहमतिविपरीत बजेट आएको बताए । 

‘प्रतिपक्षका सांसदहरूबाट आएको कार्यक्रमलाई छानीछानी हटाएको देखियो,’ उनले भने, ‘सांसदले माग पेश गर्नुभयो तर, इमानदार बन्ने हो कि बेइमान बन्ने भन्न मूल प्रश्न हो ।’

मुख्यमन्त्रीको रबैयाको कारण बजेटलाई समर्थन गर्न नसक्ने उनले बताए । रानाले बजेट फेल गर्ने चेतावनी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्