
एभरेष्ट बैंक लिमिटेडले डिजिटल साक्षरता अन्तर्गत ५ किसिमका वित्तीय चेतनामूलक भिडियो निर्माण गरेको छ।
डिजिटल बैंकिङप्रति आम जनतालाई जागरुक तथा सजग बनाउने उद्देश्यले वित्तीय चेतनामूलक भिडियो निर्माण गरिएको बैंकले जनाएको छ । उक्त भिडियोहरूको ५ श्रृंखला रहेको र क्रमबद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए।
उक्त भिडियोहरूमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोगसम्बन्धी विधि रहेको र उक्त भिडियोहरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकका छ ।
साथै, बैंकले नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको शुरूवात भएको जानकारी समेत गराएको छ।