
यू–१९ एसिया कपमा भारत र पाकिस्तानजस्ता ठूला टोलीसँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।
यसै वर्ष यूएईमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय यू–१९ नेपाली टोली मंगलवार घोषणा गरेको हो ।
टोलीको कप्तानी देव खनालले गर्नेछन् । टोलीमा सिनियर टोलीका नियमित सदस्य गुलशन झा पनि समावेश छन् । यसअघि उनी यू–१९ टोलीको कप्तानसमेत थिए ।
एसिया कपमा नेपाल समूह ‘ए’मा छ । नेपालसहित समूहमा भारत, पाकिस्तान र अफगानिस्तान पनि छन् । अर्को समूहमा बंगलादेश, श्रीलंका, यूएई र जापान छन् ।
नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईमा खेल्नेछ ।
नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ ।
समूहका दुई शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुस १ मा हुनेछ ।
नेपाल यसअघि मलेसियामा भएको एसीसी प्रिमियर कप जितेर एसिया कपमा छनोट भएको हो ।
नेपालले सन् २०२४ को जनवरीमा दक्षिण अफ्रिकामा यू–१९ विश्वकप पनि खेल्दैछ । यसअघि नेपालले एसिया कप खेल्न लागेको हो ।
यस्तो छ नेपाली टोलीः
