२१ जेठ २०८३, बिहीबार

काठमाडौंका यी स्थानमा भोलि चार घण्टा विद्युत् आपूर्ति रोकिने

मंसिर १३, २०८०
काठमाडौं
काठमाडौंका यी स्थानमा भोलि चार घण्टा विद्युत् आपूर्ति रोकिने

भोलि (बिहीबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति रोकिने भएको छ । टेकू सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।   

प्राधिकरणका अनुसार भोलि कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग,  काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्