०८ साउन २०८३, शुक्रबार

सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाब

मंसिर १३, २०८०
काठमाडौं
सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाब

उपचारको क्रममा आमा र शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल लमजुङमा आफन्तले प्रदर्शन गरेका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ पामचोककी २६ वर्षीया शोभा विकको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा प्रदर्शन गरेका हुन् ।

अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरीको मृत्यु भएको उनीहरूको आरोप छ ।

सुत्केरी बेथापछि शोभालाई अस्पतालमा लगिएको थियो ।

सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलवार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

अहिले अस्पताल व्यवस्थापन र मृतकका आफन्तबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले लोकान्तरलाई जानकारी दिए । 'अस्पताल व्यवस्थापनसँग एक चरणको छलफलपछि मृतकका आफन्तसहितको छलफल हुँदैछ' उनले भने ।

 

salt training

कमेन्ट गर्नुहोस्