२६ असार २०८३, शुक्रबार

भूकम्प प्रभावितको उचित व्यवस्थापन गर्न जवाफदेहिता निगरानी समूहको माग

मंसिर १३, २०८०
काठमाडौं
भूकम्प प्रभावितको उचित व्यवस्थापन गर्न जवाफदेहिता निगरानी समूहको माग
भूकम्प प्रभावित बस्ती

जवाफदेहिता निगरानी समूहले जाजरकोट भूकम्पप्रभावितको पुनःस्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । भूकम्प प्रभावितको पुनःस्थपनामा ढिलाइ हुँदा चिसोले सुत्केरी महिलासहित ११ जनाको मृत्यु भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको समितिले जनाएको छ । 

‘२०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट १५४ जनाको मृत्यु भएको र त्यस प्राकृतिक प्रकोपबाट ज्यान बचाउन सफल भएका त्यस क्षेत्रका नागरिकमध्ये एक महिनाकी सुत्केरी शर्मिला चदरासहित ११ जनाले ज्यान गुमाउन पुगेको समाचारप्रति जवाफदेहिता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भूकम्प प्रभावितको उचित व्यवस्थापनका लागि उपयुक्त स्रोतसाधनको व्यवस्था हुन नसकेको पनि समितिले जनाएको छ ।

‘राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू तथा सांसदहरू भूकम्पप्रभावित क्षेत्रमा शुरूमै पुगे पनि हालसम्म उनीहरूले जाडोको यस मौसममा भूकम्पपीडितले ज्यान जोगाउन सक्ने गरी उपयुक्त सामग्री व्यवस्था गर्न सकेनन् । विशेषगरी सुत्केरी तथा कमजोर शारीरिक स्थितिमा रहेका नागरिकका लागि समुचित व्यवस्था नहुँदा राज्यको सर्वोच्च तथा शक्तिशाली पदमा रहेका व्यक्तिहरूले त्यहाँ गरेका बाक्लो भ्रमणको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘राज्यको गैरजिम्मवारी र लापरबाहीका कारण यस जाडोको मौसममा त्यस क्षेत्रका नागरिकले थप पीडा तथा अकालमै मृत्युवरण गर्न नपरोस् भनी निगरानी समिति आग्रह गर्दछ । ​भूकम्पप्रभावितहरूलाई तत्काल न्यानो र सुरक्षा साथ बस्ने तथा उपयुक्त खाद्य व्यवस्थासहितको मानवीय सहायताको अधिकार प्रत्याभूति गरी राज्यले तिनको पीडालाई आत्मसात गरेको अनुभूति दिन नेपाल सरकारसमक्ष निगरानी समिति जोडदार अपिल गर्दछ,’ विज्ञप्तिमा अगाडि जनाइएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :
 

null

salt training

कमेन्ट गर्नुहोस्