१० साउन २०८३, आइतबार

लेन्सको पोस्टमा आर्सनलका आधा दर्जन गोल, बन्यो समूह विजेता

मंसिर १४, २०८०
काठमाडौं
लेन्सको पोस्टमा आर्सनलका आधा दर्जन गोल, बन्यो समूह विजेता

युरोपेली च्याम्पियन्स लिग फूटबलअन्तर्गत समूह ‘बी’को खेलमा फ्रान्सेली क्लब लेन्सको पोस्टमा इंग्लिस क्लब आर्सनलले आधा दर्जन गोलको वर्षा गरेको छ । बुधवार राति भएको खेलमा ६–० गोल अन्तरको फराकिलो जीतका साथ आर्सनल समूह विजेता बनेको छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा आर्सनलले खेलको सुरुवाती २७ मिनेटमै ४–० को अग्रता बनाएको थियो । ६ गोल ६ जना नै फरक खेलाडीले गोलका थिए ।

काइ हाभर्ट्ज, ग्याब्रियल जिसस, बुकायो साका, ग्याब्रियल मार्टिनेली, मार्टिन ओडेगार्ड र जर्जिन्होले १–१ गोल गरेका हुन् ।

समूहको अर्को खेलमा पीएसभीले सेभिल्लामाथि ३–२ को जीत दर्ता गर्यो । 

यस जीतले पीएसभीको नकआउट चरण यात्रा पक्का भयो । समान अंक भए पनि लेन्ससँग हेड टू हेडमा पीएसभी अघि छ ।

यता आर्सनलको ५ खेलमा १२ अंक तथा पीएसभीको समान खेलमा ८ अंक छ । लेन्सको ५ र सेभिल्लाको २ अंक मात्र छ ।

बुधवार राति नै भएको खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले लगातार पाँचौ जित दर्ता गरेको छ । घरेलु मैदानमा नापोलीलाई बुधवार राति ४–२ ले पराजित गरसँगै समूह ‘सी’मा रहेको रियलले ५ खेलमा शतप्रतित नतिजा निकालेको हो ।

खेलमा अग्रता नापोलीले लिएको थियो । तर सर्वाधिक १४ पटकको विजेता रियलले पुनरागमन गरेको हो । जिओभानी सिमिओनीले नवौं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रोड्रिगोले ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । २२ औं मिनेटमा जुडे बेलिंघमले गोल गरेपछि रियल पहिलो हाफमा २–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ४७ औं मिनेटमा जाम्बो अन्गिसाले नापोलीलाई बराबरीमा ल्याए ८४ औं मिनेटमा निको पाजको गोलमा रियल पुनः अघि बढ्यो अतिरिक्त समयमा जोसेलुले गोल थप्दै रियलको ४–२ को जीत पक्का गरे ।

समूहकै अर्को खेलमा ब्रागा र युनियन बर्लिनले १–१ को बराबरी खेले । 

रियल ५ खेलमा १५ अंकसहित समूह विजेता बनेको छ । नेपालीको ७ अंक छ भने ब्रागाको ४ र बर्लिनको २ अंक छ । अन्तिम खेलमा रियलले बर्लिनको सामना गर्दा नापोली र ब्रागा समूह उपविजेता बन्न प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै समूह ‘ए’ अन्तर्गतको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र गालातासारारे बीचको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएको छ । युनाइटेडले दुई पटक दुई गोलको अग्रता पनि बचाउन सकेन ।

यसै समूहमा कोपेनहेगन र बायर्न म्युनिखको खेल गोलरहित बराबरीमा सकिएपछि युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ ।

बराबरीसँगै ३ पटकको विजेता युनाइटेड अर्को चरणमा प्रवेश नगर्ने जोखिम बढेको छ । अंक तालिकामा बायर्न ५ खेलमा १३ अंकसहित समूह विजेता बनिसकेको छ । कोपेनहेगन र गालातासरेको ५–५ अंक छ । युनाइटेड ४ अंकसहित पुछारमा छ ।

युनाइटेडले अब अन्तिम खेलमा बलियो बायर्नलाई हराउनैपर्ने दबाब रहेको छ । अर्को खेलमा गालातासरे र कोपेनहेगन भिड्नेछन् । यो खेल दुवैका लागि महत्वपूर्ण हुनेछ ।

बुधवार राति भएका ८ खेलको नतिजाः 

null
 

salt training

कमेन्ट गर्नुहोस्