२१ जेठ २०८३, बिहीबार

हेलिकप्टर लिएर बेहुली लिन आएका बेहुलालाई प्रशासनले रोक्यो, आकाशबाटै लगाए गाउँको ७ फेरा !

मंसिर १४, २०८०
काठमाडौं
हेलिकप्टर लिएर बेहुली लिन आएका बेहुलालाई प्रशासनले रोक्यो, आकाशबाटै लगाए गाउँको ७ फेरा !

भारतको बिहारमा एक बेहुलाले अनौठो तरिकाले विवाह सम्पन्न गरेका छन् । बेहुली लिन आउँदा ल्यान्डिङका लागि प्रशासनले अनुमति नदिएपछि बेहुलाले हेलिकप्टरबाटै गाउँको ७ फेरा लगाएर विहे सम्पन्न गरेका हुन् ।

यसरी विहे गर्ने थिए जहानाबाद जिल्लाका बेहुला डा विवेक कुमार ।

यता बेहुलीका परिवारले हेलिकप्टर ल्यान्डिङका लागि हेलिप्याड बनाएका थिए । तर सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय, जहानाबादले अनुमति दिएन ।

यसपछि बेहुला विवकेले बेहुली डा मेघारानी दासको गाउँ मोहद्दीपुरको ७ फेरा लगाए । अनि आफ्नै घर जमशेदपुर फर्किए ।

मोहद्दीपुर गाउँका रामानन्द दास आफ्नी डाक्टर छोरी मेघारानीको हेलिकप्टरबाट बिदाइ गर्न चाहन्थे ।

यसैले उनले ९ लाख भारतीय रुपैयाँमा हेलिकप्टर बुकिङ गराएका थिए । प्रशासनले हेलिकप्टरमा जान अनुमति नदिएपछि रामानन्दले बेहुली छोरीलाई घर पठाउन गया विमानस्थलको सहारा लिनुपर्यो । अन्नतः मेघारानी जहाज चढेर बेलुला विवकेको घर जहानाबाद गइन् ।  

यी दुईबीचको पहिलो चरणको विहे भने गत सोमबार बोधगयाको एक होटलमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्