चैत ८, २०८०
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा काम गरे युरोपको आकाशमा नेपाली हवाईले उडान पाउने उल्लेख गरेको छ ।
पछिल्लो १० वर्षदेखि ईयूले नेपाली कम्पनीलाई युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाएको छ । हवाई सुरक्षामा लापरबाही गर्ने गरेको आरोपमा नेपाली वायु यानलाई ईयूले कालोसूचीमा राखेको हो । क्यान नेतृत्वले पछिल्लो समय ईयूको कालोसूचीबाट हटाउन कोसिस गरिरहेको छ । त्यसैको फलस्वरुप ईयू सकारात्मक देखिएको हो । ईयूले वर्तमान क्यान नेतृत्व र जनशक्तिलाई प्रशंसा समेत गरेको छ ।
युरोपियन आयोगले २०२२को अक्टोबरमा नेपालमा अध्ययन गर्न एउटा मिसन पठाएको थियो । उसले नेपालमा तीन दिन बसेर समग्र हवाई सुरक्षा प्रणालीबारे एउटा प्रतिवेदन तयार गरेको थियो । त्यो प्रतिवेदनमा नेपालको हवाई सुरक्षा, निरीक्षण गर्ने निकाय र अपरेटरहरूमा सुरक्षा चेत बढ्दै गएको उल्लेख गरिएको छ । प्रतिवेदनको आधारमा २०२३ को फेब्रुअरीपछि नेपाल कालोसूचीबाट हट्ने अपेक्षा गरिए पनि पोखरामा भएको यतीको हवाई दुर्घटनापछि तत्काल सम्भव हुन सकेन । र, यहीबिचमा सोही मिसन सेप्टेम्बर २०२३ मा नेपाल आएर पाँच दिन एसिस्टमेन्ट सकेर गएको थियो । सोही प्रतिवेदन तथा अन्य मूल्याङ्कनका आधारमा ईयूले क्यानलाई पत्र लेखेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार जानकारी दिए ।
पत्रमा वर्तमान क्यान नेतृत्व तथा क्यानको सम्पूर्ण कार्यशैलीप्रति ईयु सकारात्मक देखिएको उल्लेख गरिएको छ । ‘हाम्रो नेतृत्वमा ईयू खुसी देखिएको छ । यो हाम्रो उपलब्धि हो । नेपालको राजनीतिक नेतृत्व र सरकारले क्यानलाई सहयोग गर्ने हो भने छिट्टै कालोसूचीबाट हट्छ,’ पत्रमा आफ्नो भूमिकाको प्रशंसा गरिएको भन्दै महानिर्देशक अधिकारीले भने,‘त्यसका लागि सरकारले र राजनीतिक वृत्तले सहयोग गर्नुपर्छ भन्ने उल्लेख गरिएको छ ।’
पत्रमा वर्तमान महानिर्देशकले सुरक्षा प्रोटोकललाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको भन्दै सबै निकायले सहयोग गर्न आवश्यक रहेको बताइएको छ ।
‘हाम्रो समग्र संरचना, कानुनी प्रबन्ध, संस्थाप्रति ईयू कृतज्ञ देखिन्छ’ महानिर्देशक अधिकारीले भने,‘सबै पक्षको साथ पाइयो भने छिट्टै नेपाली हवाईयानले युरोपको आकाशमा उडान भर्नेछन् ।’
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...