३१ जेठ २०८३, आइतबार

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम

मंसिर १५, २०८०
काठमाडौं
मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम

खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको बताएका छन् । 

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमनका लागि आज पुगेका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको बताए । 
मन्त्री यादवले भने, “बाढीले मुहानस्थलमा निकै क्षति पुर्‍याएको छ, काठमाडौँवासीलाई पानी उपलब्ध गराउनका लागि हामीले तीव्रगतिमा काम गरेका छौँ, चाँडै पानी काठमाडौँ पुर्‍याउँछौँ ।” 

हेलम्बु गाउँपालिका–१ अम्बाथानको अुनुगमनपछि मन्त्री यादवले यहाँका समस्याको समाधान गर्दै दिगो रुपमा काठमाडौैँवासीलाई पानी खुवाउने सरकारको योजना रहेको र सोही अनुसार सम्पूर्ण जनशक्ति परिचालन भएको जानकारी दिए । 

अनुगमनका क्रममा सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले बाढीले पुर्‍याएको क्षतिको यकीन भइनसकेकाले कति दिनभित्रमा पानी काठमाडौँ पुग्छ भनेर भन्न नसकिने बताए । 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्