३० जेठ २०८३, शनिबार

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज एक खेलअगावै भारतको पोल्टामा

मंसिर १६, २०८०
काठमाडौं
अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज एक खेलअगावै भारतको पोल्टामा

भारतले एक खेलअगावै अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा कब्जा जमाएको छ । पाँच खेलको सिरिजमा चार खेल सकिँदा भारतले सिरिज ३-१ ले आफ्नो पोल्टामा पारेको हो । 

गएराति भएको चौथो खेलमा १७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो । 

अस्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा नट आउट रहे । ट्रविस हेडले ३१ रन बनाए । हेडबाहेक अन्य कुनै पनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन् । 

भारतका स्पिनर अक्षर पटेलले ३ विकेट लिए । दीपक चाहरले २ विकेट लिए तथा रवि विश्णोई र आवेश खानले १-१ विकेट लिए ।

त्यसअघि रैपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।

भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल आइतबार बेंग्लोरमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्