३० जेठ २०८३, शनिबार

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ? [सूचनासहित]

मंसिर १६, २०८०
काठमाडौं
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ? [सूचनासहित]

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ । 

काठमाडौं महानगरभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत् तथ्यांक संकलन तथा सुपरिवेक्षण गर्न कर्मचारी मागिएको महागरले जारी गरेको सूचनामा उल्लेख छ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको ‘गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने सम्बन्धी अनलाइन दरखास्त प्रणाली onlineapplication.kathmandu.gov.np मार्फत 

सुपरिवेक्षक पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषयसहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ । 

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्