३१ जेठ २०८३, आइतबार

दाङको लमहीमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

मंसिर १६, २०८०
दाङ
दाङको लमहीमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
फाइल फोटो

दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

शुक्रवार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाइसले लमही नगरपालिका–७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो । ​

हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपश्चात नेपालगन्ज पठाइएको थियो ।​

टाउकामा गम्भीर चोट लागेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्