२१ असार २०८३, आइतबार

१०० किमीको वायुरक्षा प्रणाली उत्पादन गर्ने योजनामा युक्रेन

मंसिर १६, २०८०
काठमाडौं
१०० किमीको वायुरक्षा प्रणाली उत्पादन गर्ने योजनामा युक्रेन

किभ- युक्रेनले १०० किलोमिटरको दूरीमा हवाई खतरालाई रोक्न सक्ने वायुरक्षा प्रणाली उत्पादन गर्ने योजना बनाएको – सरकारी सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शुक्रवार उल्लेख गरेको छ ।

युक्रेनका उप–रक्षामन्त्री इभान ह्याभ्रिल्युकले अर्को वर्ष युक्रेनले पोर्टेबल एन्टि–एयरक्राफ्ट मिसाइल प्रणालीसहित सय किलोमिटरभन्दा बढीको दूरीको कोरल प्रकारको वायु रक्षा प्रणाली उत्पादनमा ध्यान दिने बताएका छन् ।  

सन् २०२४ मा युक्रेनले रुससँगको जारी द्वन्द्वका बीच मिसाइल र गोला बारुदको खरिदका लागि कुल एक सय ७५ बिलियन रिभनिया (लगभग ४.८ बिलियन अमेरिकी डलर) छुट्याउने– हाभ्रिलिकले बताएका छन् । 

लुच डिजाइन ब्युरोद्वारा विकसित, कोरल हवाईजहाज, हेलिकप्टर, क्रुज मिसाइल, ब्यालेस्टिक मिसाइल र मानवरहित हवाई सवारीलाई नष्ट गर्न सक्षम एक विमान विरोधी मिसाइल हो । कोरल मिसाइलको प्रोटोटाइप पहिलो पटक २०२१ मा सार्वजनिक गरिएको थियो ।

हाल, युक्रेन आफ्नो आकाशलाई मिसाइल र ड्रोनबाट जोगाउन विदेशी वायु रक्षा प्रणालीमा निर्भर छ त्यसले आफ्नो सुरक्षामा खतरा उत्पन्न हुनसक्ने युक्रेनको बुझाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्