२५ जेठ २०८३, सोमबार

अमेरिकाको लस भेगासमा गोली चल्यो, २ जनाको मृत्यु

मंसिर १६, २०८०
काठमाडौं
अमेरिकाको लस भेगासमा गोली चल्यो, २ जनाको मृत्यु

लस एन्जलस– अमेरिकाको लस भेगासमा शुक्रवार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । स्थानीय  समाचार च्यानलले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार स्थानीय समय साँझ ५ः३४ मा गोली चलेको हो।

प्रहरीले गोलीबारीमा मारिएका दुई जनाको चोटपटकबाट मृत्यु भएको खुलासा गरेको छ भने अन्य तीनजनालाई चोटपटक लागे पनि खतारामुक्त रहेको बताएको छ । 

लस भेगास महानगरीय प्रहरी विभागका प्रवक्ताले पीडितहरूलाई ‘घरविहीन’ व्यक्ति भएको उल्लेख गरेको छ ।

यसैबीच, एबीसी समाचार च्यानलले लस भेगासमा शुक्रबारको गोलीबारी लस एन्जलसका हालैका घटनाहरूसँग सम्बन्धित नभएको बताएको छ । सो घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ ।

ती तीनजना पीडितहरू फुटपाथ (गल्ली)मा एक्लै सुतिरहेका बताइएको छ । आक्रमणकारी अझै फरार छन्।

salt training

कमेन्ट गर्नुहोस्