
यूईएफए युरो कप २०२४ का लागि समूह विभाजन गरिएको छ । जर्मनीको ह्यामवर्ग सहरमा गएराति भएको 'ड्र'मा अर्को वर्ष हुने प्रतियोगिताको समूह विभाजन गरिएको हो ।
प्रतियोगिताका लागि छनोट भएका २४ टोलीलाई छनोटमा गरेको प्रदर्शनका आधारमा चारवटा पटमा विभाजन गरी टोली विभाजन गरिएको थियो। हरेक पटबाट एक टोली गरी ४ टोली एक समूहमा राखिएको छ।
समूह ए मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड छन् । यस्तै, समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया छन् ।
स्लोभाकिया, बेल्जियम र रोमानिया समूह इ मा परेका छन् ।
पहिलो खेल आयोजक जर्मनी र स्कटल्यान्डबीच हुने छ । समूह ‘ए’ अन्तर्गत जर्मनीको म्युनिखस्थित एलियन्ज एरेनामा १४ जुन २०२४ मा पहिलो खेल हुने छ ।
अब युरोकपमा सहभागी हुने बाँकी तीन टोलीको तय भने ‘नेसन्स लिग प्लेअफ’बाट हुने छ ।
युरो आगामी वर्षको जुन १४ मा जर्मनीमा सुरु हुनेछ ।
यस्तो छ समूह विभाजन