२५ असार २०८३, बिहीबार
दुर्घटना

सर्लाहीमा दुइटा मोटरसाइकल ठोक्किए, उछिट्टिएर खसेका एक जनाको बसले किचेर मृत्यु

मंसिर १७, २०८०
काठमाडौं
सर्लाहीमा दुइटा मोटरसाइकल ठोक्किए, उछिट्टिएर खसेका एक जनाको बसले किचेर मृत्यु

सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थत बागमती नगरपालिका-४ पुरानो चौकीमा शनिबार साँझ दुइटा मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका एक जनाको बसले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय सुनिल लामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपेन्द्र सिंह पञ्जियार थारूले लोकान्तरलाई जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो । 

उनका अनुसार प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुइटा मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका​ लामालाई मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो ।

दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्