१९ असार २०८३, शुक्रबार

नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा ढुक्क छुः प्रधानमन्त्री

मंसिर १७, २०८०
काठमाडौं
नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा ढुक्क छुः प्रधानमन्त्री
 
 
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रश्तुतीले सकारात्मक तरंग ल्याएको बताएका छन् 
 
आईतवार साँझ दुबईमा आयोजित सो सम्मेलनमा भाग लिएर स्वदेश फर्कनुभएका उहाँले नेपालको तर्फबाट आफ्नो प्रश्तुतीले त्यहाँ तरंग ल्याएको दाबी गरेका हुन् । प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सो सम्मेलनमा नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको पनि बताए । सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको प्रधानमन्त्री दाहालको दाबी थियो । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्