१७ असार २०८३, बुधबार

ओरालो बाटोमा अनियन्त्रित भई भित्तामा ठोक्कियो गाडी, च्यापिएर चालकको मृत्यु

मंसिर १८, २०८०
ताप्लेजुङ
ओरालो बाटोमा अनियन्त्रित भई भित्तामा ठोक्कियो गाडी, च्यापिएर चालकको मृत्यु

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए ।
 
उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुकतर्फ जाने क्रममा प्र.१–०१–००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए ।
 
ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्