११ साउन २०८३, सोमबार

अर्थमन्त्रीको दाबी- अर्थतन्त्रले लय समाउन थालेको छ, सुधार आउन अझै केही समय लाग्छ

मंसिर १९, २०८०
चितवन
अर्थमन्त्रीको दाबी- अर्थतन्त्रले लय समाउन थालेको छ, सुधार आउन अझै केही समय लाग्छ
फाइल तस्वीर

अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको दाबी गरेका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको दाबी गरेका हुन् । 

नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको उनले बताए । 'नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ,' उनले भने, 'समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ ।'

उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताए । अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन केही समय लाग्ने उनको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्