पाल्पाको सिद्धबाबा मन्दिरनजिकै एक पुरुषको शव फेला परेको छ । मंगलवार बिहान तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिरनजिकै सडकको नालीमा पुरुषको शव फेला परेको हो ।
अन्दाजी ५०-५५ वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिएको छ ।
शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
प्रारम्भिक अनुसन्धानमा ती पुरुष विगत केही दिनदेखि सिद्धबाबा मन्दिर आसपासमा मागी खाने र सोही ठाउँमा बस्दै आएका थिए ।
मृतक पुरुषको साथमा दुईवटा झोलासमेत भेटिएको प्रहरीले जनाएको छ ।