०४ साउन २०८३, सोमबार

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

मंसिर २०, २०८०
काठमाडौं
लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार,  आर्थिक,  वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका छन्।

समाझदारीले  बैंकिङ, वित्त, उद्योग, यातायात, ऊर्जा, स्वास्थ्य सेवा र अन्य विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको आशाजनक नयाँ क्षेत्रहरू पहिचान गरेको पनि  पासाक्सन अखबारले मङ्गलबार उल्लेख गरेको छ।

रुसी प्रतिनिधिमण्डलले आर्थिक-व्यापारिक तथा  वैज्ञानिक-प्राविधिक सहयोग बढाउने उद्देश्यले लाओसको भ्रमण गरेको  थियो । अन्तरसरकारी लाओ-रूसी आयोगको १७ औँ सत्र जुन नोभेम्बर २९-३० सम्म भएको थियो त्यसमा रुसी प्रतिनिधि मण्डलले द्विपक्षीय व्यापार प्रवर्धनमा विशेष चासो दिएको थियो ।

दुई देश नयाँ व्यापार र आर्थिक साझेदारीको खोजी गर्न र  खाद्यान्न शृङ्खला पुनर्निर्माण गर्न इच्छुक  रहेको पाइएको छ । जलविद्युत,  शान्तिपूर्ण आणविक ऊर्जा र चिकित्सा उपकरणको आपूर्तिका क्षेत्रमा समेत संयुक्त लगानीका परियोजनाहरूको सङ्ख्या बढाउने दुई देशको योजना छ ।

कमेन्ट गर्नुहोस्