
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रुकुमपूर्वको रुकुमकोट पुगेका छन् । ‘झुलाघाट-चिवाभञ्जाङ समृद्धिका लागि संकल्प यात्रा’अभियानमा रहेका ओली बुधबार रुकुमकोट पुगेका हुन् ।
उनीसँगै एमाले महासिचव शंकर पोखरेललगायतका नेता पनि रुकुमकोट पुगेका छन् ।
आज बिहानै रुकुमकोटमा अन्तरक्रिया गर्ने र त्यसपछि छिपृदहस्थित पिपलबोटमा कोणसभा गर्ने कार्यक्रम छ ।
एमालेले बैतडीको झुलाघाटबाट अभियानको थालनी गरेको थियो ।