१९ असार २०८३, शुक्रबार

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य शुरू

मंसिर २०, २०८०
काठमाडौं
न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य शुरू
फाइल फोटो

​काठमाडौंको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य शुरू भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ ।

उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनले भने, ‘बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ, प्रक्रिया पुर्‍याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ, झन्डै सात किलो परिणामको हाराहारीमा सुन भएको अनुमान छ ।’

प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा उक्त परिमाणको सुन बरामद गरेको थियो ।

सो सुन कारोबारमा संलग्न रहेको आरोपमा कैलाली घर भई हाल काठमाडौं नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको पनि प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्