०७ असार २०८३, आइतबार

नेपालीलाई अवैध बाटोमार्फत रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

मंसिर २०, २०८०
काठमाडौं
नेपालीलाई अवैध बाटोमार्फत रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

नेपालीलाई अवैध रूपमा रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरले बुधवार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई काठमाडौंको महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको हो । 

उनीहरू सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभन दिने गरेका थिए । त्यसरी सम्पर्कमा आएका व्यक्तिहरूसँग रकम असुली गरेर उनीहरूले यूएई हुँदै रुससम्म लैजाने गरेको परिसरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्