१० साउन २०८३, आइतबार

कोशी प्रदेशसभा बैठकः सांसदहरूले राखे धारणा, कानूनमन्त्रीले दिए जवाफ

मंसिर २०, २०८०
काठमाडौं
कोशी प्रदेशसभा बैठकः सांसदहरूले राखे धारणा, कानूनमन्त्रीले दिए जवाफ
फाइल तस्वीर ।

कोशी प्रदेशसभाको बुधवार बसेको बैठकमा ‘कोशी प्रदेश समायिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ ।

सो छलफलमा कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, खड्गबहादुर बस्नेत र गीतादेवी रेग्मीले धारणा राखेका थिए ।

सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले जवाफ दिँदै सरकारले उपयुक्त ठानेर यो विधेयक ल्याएको पुष्टि गरे । 

विशेष समय

नेकपा (एमाले) संसदीय दलका तर्फबाट कोशी प्रदेशसभा सदस्य तिलकुमार मेङ्याङ्बोले सबै सम्भावना भएका पहाडी जिल्लाबाट हुने गरेको बसाइँसराइ रोक्न सरकारले ठोस योजना बनाउनुपर्ने माग गरे । उनले वातावरण, ऊर्जा, फलफूल र तरकारी खेतीको प्रचुर सम्भावना रहेको यो क्षेत्रबाट मानिसहरू बसाइँसराइ गर्नाका कारण शिक्षा र स्वास्थ्य भएकाले यसतर्फ सरकारले ध्यान दिई गुणस्तरीय शिक्षा र स्वास्थ्य संस्थाको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बूले भाषा आयोगले कोशी प्रदेशका लागि कामकाजको भाषा मैथिली र लिम्बू कायम गर्न दिएको सुझावअनुसार यस प्रदेशका लागि तयार भएको विधेयकको मस्यौदा सदनमा पेस गर्न माग गरे ।

राप्रपा संसदीय दलका प्रेमराज थाम्सुहाङले सरकारले आम नागरिकलाई रोजगार, शिक्षा र स्वास्थ्यका कार्यक्रम ल्याउन माग गरे । 

शून्य समय 
    
बुधवारको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य कमला दर्नालले प्रदेशसभामा सभामुखको व्यवस्था होस् भने । अर्का सदस्य गीतादेवी रेग्मीले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयन गर्न पिछडावर्गको हितमा काम गर्नुपर्ने धारणा राखे ।

प्रदेशसभाको अर्को बैठक यही मङ्सिर २४ गते दिउँसो १ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्