२३ असार २०८३, मंगलबार

९ वर्षीया छात्रालाई कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो

मंसिर २०, २०८०
बुटवल
९ वर्षीया छात्रालाई कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो

पश्चिम नवलपरासीमा छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकमाथि जिल्ला प्रहरी कार्यालय, नवलपरासीले मुद्दा चलाएको छ । 

जिल्लाको सरावल गाउँपालिका–७ बर्गदवास्थित कालिका इंग्लिस बोडिङ स्कूलका सहायक प्रधानाध्यापक निरञ्जन यादवले ९ वर्षीया छात्रा कञ्चना राजभरलाई सोमबार निर्घात कुटपिट गरेका थिए । शिक्षक यादवले छात्राको पिठ्युँ र कम्मरमा निलडाम हुने गरी निर्घात कुटेका थिए । 

कुटपिटपछि छात्राका परिवारले प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गराएका थिए । 

उजुरीका आधारमा प्रहरीले कुटपिट गरेर फरार रहेका शिक्षक यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका शिक्षकमाथि बालकालिकाविरुद्धको अपराधमा मुद्दा दर्ता कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए । 

अपराध ठहर भएमा शिक्षक यादवलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्राबधान छ ।
 

salt training

कमेन्ट गर्नुहोस्