
प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार भेट गरेकी छन् ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ । भेटघाटमा नेपालका लागि अमेरिकाकी राजदूत डिन आर थाेम्पसनको पनि उपस्थिति थियो ।