३२ असार २०८३, बिहीबार

नक्कली प्रमाणपत्र प्रकरणमा ख्रिष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

मंसिर २६, २०८०
काठमाडौं
नक्कली प्रमाणपत्र प्रकरणमा ख्रिष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ
तस्वीर स्रोतः रिपोर्टर्स क्लब ।

नक्कली प्रमाणपत्र प्रकरणमा राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष चरीबहादुर (सीबी) गहतराज पक्राउ परेका छन् । स्नातकको नक्कली प्रमाणपत्र बनाएर दुरुपयोग गरेको आरोपमा उनलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले मंगलवार साँझ लोकान्तरलाई दिएको जानकारीअनुसार गहतराजलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरिएको हो । 

गहतराजले स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले छानबिन थालेको थियो ।

महान अभियान नामक पत्रिका दर्ता गर्नका लागि सूचना विभागमा पेश गरेको प्रमाणपत्र नक्कली रहेको पाइएपछि उनी पक्राउ परेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्