
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार टेलिफोन संवाद गरेका छन् ।
एमालेको संकल्प यात्रा अन्तरगत मंगलबार खोटाङको दिक्तेल पुगेका ओलीले प्रचण्डलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन् । प्रचण्डको आज जन्मदिन भएकाले ओलीले फोन गरेर शुभकामना दिएको बताइएको छ ।
‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो’, ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !’
एमालेको संकल्प यात्रा अन्तरगत ओलीसहितको टोली मंगलबार दिक्तेल पुगेको छ।