१७ असार २०८३, बुधबार

सोलुखुम्बुमा ९ कक्षाका विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल

मंसिर २७, २०८०
सोलुखुम्बु
सोलुखुम्बुमा ९ कक्षाका विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल

सोलुखुम्बुको चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत आशिष विकले विद्युतीय मोटरसाइकल बनाएका छन् ।​

लिखुपिके गाउँपालिका ५ भकाञ्जेस्थित विद्यालयमा ९ कक्षामा पढ्ने  विकले विद्युतीय मोटरसाइकल निर्माण गरेका विद्यालयका शिक्षक माधव बस्नेतले जानकारी दिए ।

शिक्षक बस्नेतका अनुसार विक बुधवार आफैंले निर्माण गरेको मोटरसाइकलमा विद्यालय आएका थिए । ‘आज करिब ७ किलोमिटरको दूरी उनी आफैंले बनाएको मोटरसाइकलमा आएका हुन्’ शिक्षक बस्नेतले लोकान्तरसँग भने ।

null

आफैंले बनाएको मोटरसाइकल लिएर विद्यालय पुगेका आशिषलाई विद्यालयका शिक्षक तथा कर्मचारीहरूले खादासहित सम्मान गरेका थिए ।

साथै उनको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गर्नका लागि विभिन्न संघसंस्थाका साथै स्थानीय सरकारसँग विद्यालयले आग्रह गरेको छ ।

विद्यालयका अनुसार उनले करिब २० दिनको प्रयासपछि मोटरसाइकल बनाएका हुन् ।

null

तस्वीर सौजन्य : शिक्षक माधव बस्नेत

salt training

कमेन्ट गर्नुहोस्