०६ साउन २०८३, बुधबार

बत्तीसपुतलीमा कांग्रेसको संस्थापनइतर पक्षको बैठक: शेखरले बोलाएको बैठकमा गगन पनि सहभागी

मंसिर २७, २०८०
काठमाडौं
बत्तीसपुतलीमा कांग्रेसको संस्थापनइतर पक्षको बैठक: शेखरले बोलाएको बैठकमा गगन पनि सहभागी

सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक शुरू भएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बुधवार दिउँसो बैठक शुरू भएको हो ।

बैठकमा नेता डा शेखर कोइरालासहितका नेता छन् ।

महामन्त्री गगन थापा पनि बैठकमा सहभागी भएका छन् ।

null

गत असाेजकाे कोशी प्रकरणपछि महामन्त्री थापा कोइरालाले बोलाएको बैठकमा अनुपस्थित रहने गरेका थिए । तर बुधवार उपस्थित भएका छन् ।

कोशी प्रदेशमा कोइराला पक्षका केदार कार्की नेकपा (एमाले)को सहयोगमा मुख्यन्त्री बनेका थिए । कांग्रेसको संस्थापन पक्षसँग विद्रोह गर्दै मुख्यमन्त्री बन्दा महामन्त्री थापाले भने सहमति जनाएनन् । त्यसयता कोइराला र थापाको सम्बन्ध थोरै चिसिएको थियो ।  

बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल भने छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्