२१ असार २०८३, आइतबार

लुम्बिनीमा महिला कर्मचारीलाई महिनावारी बिदा

मंसिर २७, २०८०
बुटवल
लुम्बिनीमा महिला कर्मचारीलाई महिनावारी बिदा

लुम्बिनीमा प्रदेशमा काम गर्ने निजामती कर्मचारीले महिनावारी (पिरियड) बिदा पाउने भएका छन् । 

प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भएकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीका सूचना अधिकारी भूमिश्वर घिमिरेले बिदाको व्यवस्था ऐनले गरेको बताए । महिनावारी बिदा नयाँ व्यवस्था हो । 

‘ऐनले महिनावारी बिदाबारे बोलेको छ,’ सूचना अधिकारी घिमिरेले लोकान्तरसँग भने, ‘अन्य बिदाहरू कटौती भएका छैनन् । कति दिन दिने, को–कोलाई दिने भन्ने कुरा नियमावली नआउँदासम्म थाहा हुँदैन । यो व्यवस्था संघमा पनि छैन ।’

प्रदेश निजामती सेवा विधेयक गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो ।

दर्ता भएको विधेयक दफावार छलफल भएर गएको भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ ।

हेर्नुहोस्, व्यवस्था :

null
 

salt training

कमेन्ट गर्नुहोस्