१३ असार २०८३, शनिबार
झडपले गयो ज्यान

बारामा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

मंसिर २७, २०८०
काठमाडौं
बारामा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

बारामा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले बुधवार दिउँसो गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते मुखिया घाइते भएका थिए । बुधवार साँझ उनको निधन भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्