२८ असार २०८३, आइतबार

सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनमा ५० नगर प्रहरी परिचालन

मंसिर २८, २०८०
काठमाडौं
सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनमा ५० नगर प्रहरी परिचालन

 काठमाडौं महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । 

काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ । 

वुधवार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । 

सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्